Nepali News Portal

बाग्लुङ मा कारीब ३० जना यात्रु चढेको जिप दुर्घटना ३ जनाको घटना स्थलमै मृत्‍यु

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना भएको छ । 
ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीन जनाको मृत अवस्थामा शव भेटिएको छ । शवको पहिचान भने भइसकेको छैन ।
सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन । रात परेका कारण उद्धारमा कठिनाई भएको अध्यक्ष शर्माले बताउनुभयो ।
जीपमा करिव २५\३० जना यात्रु रहेको स्थानीयले बताएका छन् । घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिनुभयो ।

You might also like

Leave A Reply

Your email address will not be published.