Nepali News Portal

खाली पेट चिया पिउने गर्नु भएको छ ?? खाली पेटमा चिया विष सरह,

धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । तपाई हाम्रो बानी एका बिहानै खाली पेजमा चिया खाने बानी छ? त्यसो हो भने आजै देखि छोडिदिनुहोस् । खाली पेटमा चिया पिउँनाले एसिडिटी हुन्छ । विहानै खालि पेटमा चिया खानु भनेको चिया होइन विष खाए सरह हो ।

चियामा भएको टेनिन्सले पेटमा एसिडलाई बढाई दिन्छ । खाली पेटमा चिया पिउँनाले विभिन्न रोगको शिकार बन्नु पर्ने हुन्छ । आज हामी तपाईलाई खालि पेटमा चिया खाँदा के कस्ता रोग लाग्न सक्छन् भन्ने बारेमा स्वास्थ्य जानकारी लिएर आएका छौ ।

असरहरु

१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठूलो असर भनेकाे एसीडिटि हो । खालि पेटमा तातो चियाको सेवनले पेटमा एसिडिटी पैदा गर्छ र पाचक रसहरुलाई प्रभावित पार्ने गर्दछ ।

२.चिया यदी धेरै उमालिएको छ भने यसले त स्वास्थको लागि अझै धेरै नोक्सान हुन्छ । धेरै उमाल्दा क्याफिनको मात्रा धेरै हुने् हुनाले पेटमा यसले असर गर्ने गर्दछ ।

३. खाली पेट चिया पिउनाले तपाईको भोक प्रभावित हुन्छ वा भोक लाग्न नै बन्द हुन्छ । यस्तो भएमा तपाई जरुरी पोषणबाट बञ्चित हुनु हुनेछ ।

४. पेट वा श्वासनली पोल्ने, वान्ता हुने या जिउ चिलाउने समस्याको एक मुल कारण पनि खाली पेट चिया पिउनु नै हो । यी समस्याहरुबाट बच्नको लागि चिया पिउनुभन्दा पहिले केही खान जरुरी हुन्छ ।

५. पाचन प्रणाली कमजोर हुनुको एक सबैभन्दा ठूलो कारण हो खालि पेटमा तातो चिया पिउनु । खासमा यो एक दुई पटक होइन कि सधैं बिहान बिहान खालि पेटमा चिया पिउनाले हुन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.