Nepali News Portal

शरीरमा पानीको मात्रा कम भएमा देखिन्छन् यस्ता समस्याहरू

पानी हाम्रो शरीरका लागि निकै आवश्यकीय तत्त्व हो । पानीबिना मानिसको ज्यानको कप्ल्पना पनि हुँदैन । पानीले हाम्रो शरीरलाई सफा राख्न मद्दत गर्छ । तर, शरीरमा पानीको मात्रा कम भएमा स्वास्थ्यमा विभिन्न खालका समस्याहरू देखापर्न थाल्छन् । पानीको कमी हुँदा हाम्रो शरीरमा धेरै खालका लक्षणहरु देखिनै रहेका हुन्छन् । तर, हामी त्यस्ता लक्षणहरुलाई ख्याल गर्दैनौं ।

पानीको कमी हुँदा स्वास्थ्यमा आउँछन् यस्ता लक्षणहरू
–काममा ध्यान नजानेः दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

–टाउको साह्रो गरी दुख्छः टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

–छाला सुक्खा हुन्छः चलिरहेको मौसम विपरीत प्रायः तपाईंको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकतअनुसार प्रशस्त पानी पिउनुपर्छ ।

–धेरै थकान महसुस हुनेः जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

–पिसाब पहेँलो हुने स् तपाईंले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नुभयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर, धेरै पहेँलो छ भने तपाईंलाई पक्कै पनि पानीको कमी भएको हुन्छ ।

–चक्कर लाग्ने वा अचानक डराउनेः अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

–एसिडिटी बढ्छः तपाईंलाई एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्र

You might also like

Leave A Reply

Your email address will not be published.