Nepali News Portal

आफ्नो राजधानी र नामाकरण बारे ग्राउन्डमै बसेर सुझाब लेखे पुर्बी रुकुमेलि हरु

प्रदेश सभा प्रदेश न. ५ बिशेश समिति को आयोजनामा आयोजित प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धि सुझाव संकलन एबम अन्तरक्रिया कार्यक्रम रुकुम कोट पुर्बी रुकुम मा सम्पन्न भयको छ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिती पुर्बी रुकुमका प्रमुख गजेन्द्र ब. वलिको अध्यक्षता रहेको थियो त्यस्तै अतिथिमा संघिय साम्सद कमला रोका प्रदेश सभाका मा. सदस्य मा. दिनेश पन्थी मा. वीर बा. राना आशा स्वणकार पुर्बी रुकुमका प्र. जि. अ. मित्रलाल शर्मा रहनु भयको थियो। कार्यक्रममा पुर्बीरुकुमका स्थानीय तहका सबै पधादिकारी जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख पत्रकार लगायत जिल्लाका सबै सरकारी कार्यलका कर्मचारीको उपस्थिति रहेको थियो। नामाकरण र स्थाइ राजधानी तोक्न बनेको विशेष समितिको काम र कर्तव्य को बारेमा बोल्दै बिशेश समितिका सदस्य एबम प्रदेश सभाका मा. सद्स्य पाल्पा बाट निर्बाचित हुनु भयका वीर ब. रानाले हामिले अवस्यपनी रुकुमेली जनाताको मनभाबना अनुसार नै राजधानी तोक्ने छौ हामिले रुकुमेली जनतालाइ कदापी बिर्सिने छैनौ र भुल्ने छैनौ अब गाउँ बिकास हामिलेनै गर्नु पर्छ स्थानिय तहले प्रदेश लाई अनि प्रदेश ले संघ लाई दोस दियर उम्किन पाउने अवस्था छैन वहाले भन्नू भयो। त्यस्तै कार्यममा उपस्थित सबैलाइ स्वागत गर्दै विशेष समितिका सदस्य एब प्रदेश सभाका मा. सदस्य दिनेश पन्थीले हामिले यस्तो राजधानी बनाउनु पर्छ जुन राजधानिलाइ ५०औ बर्ष पछिका सन्ततिले पनि हामिलाइ सम्झिने छन. कसैको स्वार्थ र कुनै नेताको आफ्नो हितको लागि राजधानी नबन्ने वोहाले भन्नू भयो। कार्यक्रममा सहभागिलाइ विशेष समितिले प्रदेसको नामकरण र स्थाइ राजधानिको बारेमा २ प्रति बस्तुहत प्रस्न दियको थियो र १ घन्टा बराबर को समय पछि सहभागिले ती प्रस्नहरुको आफ्नो बिचार सहितको जबाफ लेखेर बुजायका थिय। कार्यममा बोल्दौ केही सहभागिले भने सम्बिधान बिद शिक्षा बिदले नै उत्तर दिनु पर्ने यति जटिल प्रस्न गाउँका शोझासझा जनतालाइ दिनु हुदैनथ्यो सरल र साधारण तरिकाले बुझ्न सक्ने जान्न सक्ने प्रस्न हरु हुनु पर्ने थियो. पुर्बी रुकुम्कै मात्र मत हेर्ने हो भने प्रदेश को नाम लुम्बिनी र राजधामी दाङ हुनुपर्छ भन्ने देखियको छ। कार्यक्रम को सञ्चालन सचिवालयका उपसचिप श्याम प्रसाद सर्माले ग्रनु भयको उक्त कार्यक्रमका सचीव एबम प्रदेश सभा सचिवालयका प्राबिधिक प्रमुख मनोज कुमार पाण्डे ले जनाउनु भयो..यो कार्यक्रम प्रदेश न ५ का १२ वटै जिल्लामा सन्चालन हुने छ.

You might also like

Leave A Reply

Your email address will not be published.