झन्झटिलो उद्योग नीतिका कारण नेपाली उद्योगी समस्यामा

  • बुटवल,मंसिर– नवौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित बिचार गोष्ठीमा सरकारको उद्योग नीति राम्रो नहँुदा उद्योगीहरू दैनिक पलायनको अवस्थामा पुगेको गुनासो गरेका छन ।

    उद्योग बणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीको आयोजनामा सैनामैनामा आयोजित बिचार गोष्ठीमा नेपालको उद्योग नीति नै झन्झटीलो भएको उद्योगीहरूको गुनासो रहेको थियो ।
    कार्यक्रममा बोल्दै अधिकांस वक्ताहरूले नेपालमा उद्योग स्थापना गरेर रोजगारी दिन्छु भनेर कार्यालयमा दर्ता गर्न जाँदा सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले राज्यको उद्योग नीति नै गलत भएको बताए ।

    उनले आफ्नै देशमा केही रोजगारमूलक उद्योग स्थापना गर्ने उद्योगीहरूलाई सुरुवाती चरणबाट नै झन्झटीलो प्रक्रियाको कारण वाक्क लाग्ने बनाउने काम भएको भन्दै प्रक्रियागतग सुधारमा जानुको विकल्प नभएको बताएका थिए । स–सानो उद्योग व्यवसाय गर्ने व्यवसायीहरूले पनि ठूलै सास्ती व्यहोर्नुपरेको भन्दै उनले यसको लागि सहजीकरणमा कार्यालयहरु लाग्नुपर्र्ने बताएका थिए ।

    सैनामैना नगरपालीकाका नगर प्रमुख फणीन्द्रप्रसाद शर्माले राज्यको उद्योग मैत्री नीति जरुरी रहेको बताए । प्रमुख शर्माले उद्योगमैत्री वातावरण बनाएर राज्यले नै औद्योगीक वातावरण सृजना गर्नुको विकल्प नभएको बताएका हुन । उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रूपन्देहीका निर्देशक अर्जुन बहादुर थापाले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोरोनाका कारण र बढ्दै गरेको आर्थिक मन्दीको कारण रूपन्देहीमा उद्योग दर्ता लगायतका क्षेत्रमा केही समस्या सृजना भएको बताएका थिए । उनले विभिन्न समस्याको बीचमा रूपन्देहीमा हालै १ हजार १ सय ३० भन्दा बढि सानादेखि मझौला उद्योग दर्ता भने भएको बताएका थिए ।

    जसमा बाणिज्य तर्फ १ हजार ३ सय बढि फार्महरु दर्ता भएका छन् । निर्देशक थापाले भने रुपन्देहीमा उद्योग व्यवसाय दर्ता गर्ने क्रम भने पुरानै लयमा रहेको भन्दै उनले सेवा लिन आउने जो कोही सेवाग्राहीहरूले सहज रूपमा सेवा पाउने गरेको बताएका थिए । घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका उद्योग अधिकृत नेत्र प्रसाद भुसालले उद्योग दर्ता प्रकृयाका बारेमा जानकारी दिँदै सेवाग्राहीहरूको सेवा नै धर्म भएको बताएका थिए ।

    सैनामैना उद्योग बाणिज्य सँघका अध्यक्ष प्रेम बहादुर खड्काले बोल्दै देशको आर्थिक अवस्थाको कारण नेपाली उद्योगमा समस्या भएको बताए  ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 Butwal Samachar All right reserved Site By : Himal Creation