बुटवल, मंसिर– गुल्मेली लक्ष्मी आमा समुह बुटबल–१३ बेलवासले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट आश्रममा सहयोग गरेको छ ।
मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै लक्ष्मी आमा समुहले बुटबल उप–महानगरपालिका ११ मा रहेको नेपाल अपा· आश्रममा बालबावालिकाहरुलाई सहयोग गरेको हो ।आश्रममा करीब ७० हजार बढीको खाद्यान्न , जिन्सी तथा न्यानो ओड्ने कपडा बितरण गरिएको हो । आद्यान्न तथा कपडा बितरण कार्यक्रममा बोल्दै समुहका सल्लाहकार तथा समाजसेवी भिम बहादुर आले मगरले देउँसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए ।
आमा समुहको स्थापना भएदेखीनै बिभीन्न सामाजिक क्षेत्रमा काम गदै आएको बताउँदै आलेले भने पैसा उठाएर रमाईलो गर्ने मात्रै भन्दा पनि दिनदुखिहरुको सेवामा खर्च गर्नु महान काम भएको बताएका थिए ।
लक्ष्मी आमा समुहकी अध्यक्ष पबित्रा आलेले अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आश्रममा खद्यान तथा जिन्सी वितरण गरिएको बताईन् । उनले बिगतमा समेत आमा समुहले बिभीन्न ठाउमा रहेका अनाथ असायहरुलाई सहयोग गदैआएको बताएकी थिईन । यो पटक देउसी भैलो बाट संकलन भएको रकम बाट ७० हजार बढिको सहयोग आश्रममा गरिएको उनको भनाई छ । कार्यक्रममा समुहका सस्थापक अध्यक्ष कमला आले, सदस्यहरु भद्रकला आले मगर, सल्लाहकार चम्पा पालुङ्गे, रुपमाया थापा, यम कुमारी थापा, छबिदेबी राना यस्तै बालकुमार थापा, केयरसिंह थापा सदस्य निर बहादुर आले लगायतले मानवीय सहयोग नै सबैभन्दा ठुलो सहयोग भएको बताएका थिए ।
आमा समुह र बाउ समुह मिलेर देउसी भैलो खेल्ने दान बापत संकलन भएको रकमको केही प्रतिशत समाजिक सेवा भावमा लगाउने कार्य आफैमा उत्कृष्ठ पुन्यको काम भएको बाउ समुहका सदस्य तारा प्रसाद बुढाथोकीले जानकारी दिए । समुहले विगतका बर्षहरुमा बृद्धआश्रम, अपाङ्गता आश्रम र अनाथ आश्रम, मानवसेवा आश्रममा समेत सहयोग गर्दै आएको थियो ।