काठमाडौं। संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजनमा विभेद गरेको भन्दै सातै प्रदेशका गृहमन्त्रीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन्।
मंगलबार गृह मन्त्रालय सिंहदरबार पुगेर गृहमँत्री श्रेष्ठ समक्ष सातवटै प्रदेशका आन्तरिक मामला तथा गृहमन्त्रीहरुले प्रहरी समायोजनको अधिकार प्रदान गर्न माग गरेका हुन्।