सुत्केरी काे मृत्यु प्रकरण: मेसुमाथि हातपात, आईसियुमा उपचार हुँदै

  • बुटवल,मंसिर
    गुल्मी ठुलो लुम्पेककी एक महिलाको अप्रेसन गरेर बच्चा निकालेपछी उपचारको क्रम्मा मृत्यु भएको बिषयलाई लिएर शिद्वार्थ महिला तथा बालबालिका अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र प्रसाद बस्याल माथि कुटपिट भएकाे छ ।
    बिरामिका आफन्त काे कुटपिटबाट घाईते भएका डाक्टर बस्यालकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे आईसियुमा उपचार भैरहेको छ । बिरामिका आफन्त ले डाक्टर माथि ४ झापड हानेकाे बताईएकाे छ ।
    ईलाका प्रहरी कायालय बुटबलमा प्रमुख प्रहरी नायब उपरिक्षक दान बहादुर थापा ले घटनामा संलन ४ जनालाई प्रहरीले नियन्त्रण मा लिएर अनुसंधान गरीरहेको बताए । अस्पताल अनुसार घटना भएपछी छलफलमा बसेका बेला एकाएक डाक्टर माथि हातपात र कुटपिट भएको जनाएको छ ।
    अस्पताल मा जन्मीएकाे बच्चा भने सकुशल छ । चिकित्सकहरुले दाेषि उपर कडा कारबाही नभए सेवा नगर्ने घाेषणा गरेका छन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 Butwal Samachar All right reserved Site By : Himal Creation