Nepali News Portal

‘यो नै असली बार्सिलोना हो’ – मेस्सी

कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडमाथि पूरै हावी हुँदै सहज जित दर्ता गर्यो ।

खेलको पहिलो हाफमा नाती दुई गोल गरेका मेस्सीले इंग्लिस टोलीविरुद्ध आफ्नो उच्च फर्म कायम राख्दै अन्तिम चारमा स्थान बनाए । मेस्सीले खेलपछि बोल्दै बार्सिलोनाले आफ्नो असली प्रदर्शन गरेको बताए । ‘ खेल निकै उत्कृष्ट रहयो । यो नै हामो असली पहिचान हो । सुरुको पाँच मिनेट समय हामीलाई खेलमा पकड बनाउन समय लाग्यो । तर त्यसपछि हामीले पूरै समय खेलमा दवाव बनाउन सफल भयौं,’ मेस्सीले भने ।

डिफेन्सको गल्तिको फाइदा उठाउँदै पहिलो गोल गरेका मेस्सीको दोस्रो गोलमा भने युनाईटेडका गोलरक्षक डेविड डे हेयाको गल्ति महत्त्वपूर्ण रहयो । ‘ पहिलो गोलमा डिफेन्सले गल्ति गर्नु मेरो भाग्य थियो । दोस्रो गोलमा झनै ठूलो भाग्य रहेछ, गोल भयो । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामीले क्वाटरफाइनल चरण पार गर्न सफल भयौं । धेरै समयपछि यहाँ पुग्नुपर्ने हाम्रो लक्ष्य रहेको थियो,’ मेस्सीले थपे ।

बार्सिलोनाले यस सिजन तीनै उपाधि जित्ने सम्भावना कायम छ । तर कप्तान मेस्सी अहिलेनै त्यसबारे सोच्ने पक्षमा छैनन् । ‘ हामीले सबै खेललाई पालैपालो हेर्नुपर्छ । लिगको लागि हामीले उचित विश्राम गर्न सक्छौं । त्यसपछि च्याम्पियन्स लिगको सेमिफाइनलको लागि पर्याप्त तयारी गरेर अगाडी बढ्नेछौं,’ मेस्सीले टुंग्याए ।

You might also like

Leave A Reply

Your email address will not be published.